लाचुङमा एक महिला पर्यटकको मृत्यु

गान्तोक: मंगन जिल्लाको लाचुङमा एक महिला पर्यटकको मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक महिला तामिलनाडु निवासी भानुमथीकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार उनीहरू गत केही दिन अघि सिक्किम भ्रमणमा आएको र हिजो लाचुङको एक होटलमा बसेका थिए। सबैतिर घुमेपछि उनीहरू राति होटलमा बस्न आएको र सोही समयमा मृतकले छाती दुख्यो भनेपछि उनलाई सेनाको अस्पतालमा उपचारको निम्ति लगिएको थियो। तर त्यहाँ चिकित्सहरूले हेरेपछि मृत घोषित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement