भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा मनजीत इलेभेन (मिलनमोड़)-ले फाइनलमा स्थान बनायो । कालीझोड़ा फूटबल मैदानमा बुधवार भएको दोस्रो सेमिफाइनल म्याचमा मनजीत इलेभेनले सिलगढ़ीको सेलेसियन कलेजलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट राहुल छेत्रीले ह्याट्रिक गरे। यसरी नै सेलेसियन कलेजबाट अरुण तामाङ र साहिल गुरुङले १-१ गोल गरे। अब ३१ दिसम्बरमा हुने फाइनलमा मनजीत इलेभेन (मिलनमोड़) र नेताजी युथ क्लब (एनवाईसी), सेभोकबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।