सिक्किमका उच्च उचाई क्षेत्रहरुमा वर्षको पहिलो हिमपात

गान्तोक: मौसम अचानक परिवर्तन भएर जाडो ह्वात्तै बडेको छ सिक्किम तथा दार्जिलिङ क्षेत्रमा। मंगलवारसम्म राज्यवासीहरूले न्यानो घामको आनन्द उठाइरहेका थिए भने बुधवार कठ्याङ्ग्रिने जाडो महसूस गरे।बुधवार बिहानदेखि दिनभरि कुहिरो लागिरह्यो। मानिसहरू आज घामको एक झलक हेर्न छटपटाएका थिए। बिहान राजधानीसहित कतिपय ठाउँहरूमा हल्का पानी पनि परेको थियो। यसै गरी, राज्यका उच्च उचाई क्षेत्रहरूमा व्यापक हिमपात भएको छ। यस कारण पनि तापक्रम तल झरेको हो। हुन त देशका अधिकांश राज्यहरू अहिले शीतलहरको चपेटमा परेका छन्। उत्तर भारतका केही राज्यहरूमा तापक्रम १० भन्दा कम रेकर्ड गरिएका छन्। मुटु काम्ने चिसो बढेपछि मानिसहरूको सामान्य जीवन प्रभवित बनेका छन्।

सिक्किममा पनि आज अन्य दिनहरूको तुलनामा निकै चिसो बढेको महसूस भयो यसै गरी, सधैंभन्दा आज बजारमा मानिसहरूको चहल पहल पनि कम देखियो। आगामी एकाध दिनसम्म स्थिति यस्तै रहने अनुमान लगाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement