फ्लोर टेस्ट हाम्रो नजरमा अवैध हो, यसको विरूद्व हामी सर्वोच्च न्यायलय जाने छौं: अजय एडवार्ड

दार्जीलिङ: फ्लोर टेस्टको विरूद्व हाम्रो पार्टीले उच्च न्यायलय र सर्वोच्च न्यायलय जाने निर्णय लिएका छन्। दार्जीलिङ नगरपालिकामा फ्लोर टेस्ट भएपछि हाम्रो पार्टीको अध्यक्ष अजय एडवार्डले आजको फ्लोर टेस्ट हाम्रो नजरमा अवैध हो। त्यसकारण हामी यस फ्लोर टेस्टको विरोधमा उच्च न्यायलय अनि सर्वोच्च न्यायलय जाने छौं भनी बताएका छन्। उनले भने: ‘दार्जीलिङ नगरपालिकाको फ्लोर टेस्टको विरोधमा हामी हाई कोर्टको होलीडे बेञ्चमा गएका थियौं अनि होलीडे बेन्चले हाम्रो याचिकालाई खारिज गरी दिएको छ। हाई कोर्ट अनि सुप्रीम कोर्ट अहिले बन्द छ,हामी केही दिनभित्रमा नै हाई कोर्ट अनि सुप्रीम कोर्टमा याचिका दायर गर्ने छौं। गत केही महिना अघि सम्पन्न भएको दार्जीलिङ नगरपालिकाको चुनावमा हाम्रो पार्टीले ३२ वटा आसनहरूमध्ये १८ वटा आसनहरूमा जीत हाँसिल गरेर दार्जीलिङ नगरपालिकामा बहुमतको बोर्ड गठन गरेको थियो तर रूपियाँ पैसाको प्रलोभनमा बोर्ड परिवर्तन गर्ने षडयन्त्र भएको छ। यसको हामीसंग टेलिफोन रिकर्ड छ साथै एकजना अनुसूचि जातिको महिलालाई रूपियाँ पैसाको प्रलोभन देखाउँदै आधा रातमा सिलगढी बोलाएको प्रमाण पनि छ यी सबै प्रमाणहरू लिएर हामी कोलकता उच्च न्यायलय अनि सर्वोच्च न्यायलयसम्म जानेछौं।” अजय एडवर्डले अघि भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज १० हजार समर्थकहरूलाई लिएर विजय उत्सव मनाउने घोषणा गरेको थियो तर मैले मेरो आखाँले तीन सयभन्दा धेर समर्थकहरू देखिँन।दार्जीलिङ नगरपालिकाको बोर्ड परिवर्तन गरेको खुशीमा भागोप्रमोले लड्डुहरू बाँट्यो, खुशियाली मनाए तर दार्जीलिङ जनता खुशी छैन। भागोप्रमोले रूपियाँ पैसाको प्रलोभनमा जनताद्वारा निर्वाचित जनप्रतिनिधि किनबेच गर्ने काम गरेको छ। भागोप्रमोको जनविरोधी कार्यको जवाफ जनताले अवश्यै दिनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement