भारतमा कोभिड–१९: आउँदो ४० दिन भारतका लागि निक्कै महत्त्वपूर्ण

चेन्नई: भारत चीन र विश्वका धेरै देशहरूमा द्रुत रूपमा फैलिरहेको कोरोनाभाइरसको सन्दर्भमा पूर्ण रूपमा सचेत र सतर्क मोडमा छ। विश्वका विभिन्न देशबाट आउने यात्रुको परीक्षण र स्क्रिनिङलाई पनि तीब्र पारिएको छ। मङ्गलबार चीनबाट कोलम्बो हुँदै मदुरै विमानस्थलमा फर्किएकी एक महिला र उनकी ६ वर्षीया छोरीमा कोरोना पोजेटिभ देखिएको हो। यसैबीच दुबई र कम्बोडियाबाट फर्किएका थप दुई यात्रुमा बुधबार पोजेटिभ देखिएपछि तमिलनाडुमा विदेशबाट फर्किएका कोरोना संक्रमितको संख्या ४ पुगेको छ। आउँदो ४० दिनलाई कोरोना संक्रमण फैलिन नदिन निकै महत्वपूर्ण मानिएको छ। कोरोनाको पुरानो प्रवृत्तिलाई ध्यानमा राख्दै भारतमा कोभिड–१९ का घटनामा जनवरीको मध्यमा वृद्धि हुने अनुमान गरिएको छ।

भारतमा कोरोनाका लागि आउँदो ४० दिन निकै महत्वपूर्ण मानिएको राज्य सरकारको आधिकारिक स्रोतले जनाएको छ। पुराना केसहरूलाई हेर्दा जनवरीको मध्यसम्ममा भारतमा कोरोना संक्रमितको संख्यामा कीर्तिमानी वृद्धि हुनसक्छ। दुबई र कम्बोडियाका दुई यात्रु बुधबार मदुरै विमानस्थलमा पुगेका थिए। यहाँ दुवैको कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। यसपछि विदेशबाट फर्किएका यात्रुमा कोभिड–१९ पोजिटिभ केसको संख्या ४ पुगेको छ।

तमिलनाडु स्वास्थ्य तथा परिवार कल्याण मन्त्री एम.ए. सुब्रमण्यमले दुवै यात्रुमा कोरोना परीक्षण पोजेटिभ देखिएको पुष्टि गरेका छन्। यी दुवै यात्रुमा चीनबाट कोलम्बो हुँदै फर्किएका एक महिला र उनकी ६ वर्षीया छोरी रहेका छन्। मङ्गलबार दुवै यात्रु मदुरै विमानस्थलमा अवतरण गरेका थिए जहाँ कोभिड–१९ परीक्षण गरिएको थियो, जसको रिपोर्ट पोजेटिभ आएको थियो। मदुरै विमानस्थलबाट महिलाका दाजु परिवारलाई लिएर विरुधुनगर पुगेका थिए। अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ र आरटी–पीसीआर परीक्षण पनि गरिने भएको छ। उनीहरु सबै चीनबाट दक्षिण कोरिया र कोलम्बो गएका थिए। त्यहाँबाट मङ्गलबार मदुरै विमानस्थल पुग्यो। यसैबीच, चीनमा कोभिड बिरामीहरूको संख्या यति बढेको छ कि अस्पतालहरूमा उपचारको लागि पर्याप्त बेड पनि उपलब्ध छैन। जसका कारण चीनलगायत अन्य मुलुकबाट भारत फर्किने मानिसको कडाइका साथ जाँच भइरहेको छ। सबै विमानस्थलमा अवतरण गर्ने मानिसको अनियमित जाँच र थर्मल स्क्रिनिङ भइरहेको छ। यसबाट धेरै बिरामी पनि संक्रमित भेटिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement