खरसाङ: दार्जिलिङको टर्नबुल हाई स्कूलको पूर्व प्रधान अध्यापक एंव पाद्री गङ्गाप्रसाद प्रधानको पनाति महेन्द्र प्रधानको निधन भएको छ। उनी खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा पाद्री गङ्गाप्रसाद प्रधानको सालिग शिलान्यासको लागि गोर्खा जनपुस्ताकालय खरसाङको निमन्त्रणामा २२ अगस्त २०२० को उनी खरसाङ आएका थिए। यहाँको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको गोर्खा जातिको महान् विभूति एंव नेपाली भाषाको अग्रणी भाषा सेवक एंव आफ्नो बराजु पाद्री गङ्गाप्रसाद प्रधानको सालिगको शिलान्यास महेन्द्र प्रधानले नै गरेका थिए। उनको निधनमा भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालयले पनि श्रध्दाञ्जली अर्पण गरेका छन् । पुस्तकालयको मूल सचिव विनोद रसाइलीले प्रेस विज्ञप्ति जारी गर्दै पाद्री गङ्गाप्रसाद प्रधानको पनाति तथा दार्जिलिङको टर्नबुल हाई स्कूलको पूर्व प्रधान अध्यापक महेन्द्र प्रधानको निधनमा पुस्ताकालयको पक्षमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गर्दछौं भनी बताएका छन् । टर्नबुल हाई स्कूलको पूर्व प्रधान अध्यापक महेन्द्र प्रधानको निधनमा जीटीए चिफ् अनित थापाले आफ्नो फेसबुक पेजमा श्रध्दाञ्जली अर्पण गरेका छन् भने हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले घरमै गएर श्रध्दाञ्जली अर्पण गरेका थिए। त्यसरी नै डा महेन्द्र पी लामाले पनि फेसबुक पेजमा आफ्नो पूर्व प्रधान अध्यापक महेन्द्र प्रधानको निधनमा गहिरो शोक समवेदना प्रकट गरेका थिए।