ती दिवसीय विन्टर क्याम्पको शुरुवात

पहिलो दिन क्विज कम्पिटिसन, फन गेमबाट शुरुवात

गोरुबथान (महेश्वर प्रधान): गोरुबथान आर्टस एण्ड क्राफ्टसको आयोजनामा तीन दिवसीय विनम्र क्याम्पको आजदेखि शुरुवात भएको छ। गोरुबथान माल बस्ती युद्धवीर प्राथमिक पाठशालाको प्रांगणमा समपन्न पहिलो दिनको कार्यक्रममा मुख्य अतिथिको रुपमा एस. डी. पि ओ. गोरुबथान रहेको थियो। अन्य अतिथिहरुमा तारण सुब्बा, राज गुरुङ, कुन्दन प्रधान, हैदर अली, बी. बी. छेत्री प्रणय गुरुङ आदिको उपस्थिति रहेको थियो। स्वागत भाषण चित्रकार नारायण प्रधानले राखेका थिए। स्वागत नृत्य सानी नानी प्रधानले गरेका थिए।

कार्यक्रममा क्विज कम्पिटिसन र फन गेमको आयोजना गरिएको थियो। यस प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान ओगट्न सफल प्रतियोगीहरुलाई भोलिको कार्यक्रममा पुरस्कार वितरण गरिने बतायो। कार्यक्रम सन्चालन महेश्वर प्रधानले गरेका थिए भने क्विज कम्पिटिसन सन्चालन पुरण मंगरले गरेका थिए यसै गरी फन गेम राजु सार्कीले गरे। धन्यबाद ज्ञापन पुरण मंगरले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement