दार्जीलिङ: दार्जीलिङ नगरपालिकाको फ्लोर टेस्टविरुद्ध हाम्रो पार्टीले उच्च अदालत र सर्वोच्च अदालत जाने लिए निर्णय लिएको छ। बुधबार दार्जीलिङ नगरपालिकामा फ्लोर टेस्ट भएपछि हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले यसलाई आफ्नो नजरमा अवैद्ध बताउँदै यसको विरोधमा उच्च अदालत अनि सर्वोच्च अदालत जाने बताए। उनले भने, ‘दार्जीलिङ नगरपालिकाको फ्लोर टेस्टको विरोधमा हामी उच्च अदालतको होलीडे बेन्चमा गएका थियौ अनि होलीडे बेन्चले हाम्रो याचिकालाई खारेज गरिदियो। उच्च अदालत र सर्वोच्च अदालत अहिले बन्द छl हामी केही दिनभित्रमा नै उच्च अदालत र सर्वोच्च अदालतमा याचिका दायर गर्नेछौंl’ केही महिना अघि सम्पन्न भएको दार्जीलिङ नगरपालिकाको चुनावमा हाम्रो पार्टीले ३२ वटा आसनहरू मध्ये १८ वटा आसनहरूमा जीत हासिल गरेर दार्जीलिङ नगरपालिकामा बहुमतको बोर्ड गठन गरेको थियोl पैसाको प्रलोभनमा बोर्ड परिवर्तन गर्ने षडयन्त्र भएको अजय एडवर्डसले आरोप लगाएका छन्l
अजय एडवर्डसले भने, ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले १० हजार समर्थकहरूलाई लिएर विजय उत्सव मनाउने घोषणा गरेको थियो, तर मैले मेरो आखाँले तीन सय भन्दा धेर समर्थकहरू देखिनl’ उनले अझ भने, ‘दार्जीलिङ शहरमा अवैदध निर्माणहरूको कारणले गर्दा शहरका बासिन्दाहरूले जोखिम पूर्ण जिन्दगी जिउँदै आइरहेका छन्। दार्जीलिङ भूँइचालो जाने क्षेत्रमा पर्ने हुनाले कुनै पनि समय प्राकृतिक प्रकोप आउँन सक्छ, त्यस दिनको स्थितिलाई ध्यानमा राख्दै हाम्रो पार्टीको दार्जीलिङ नगरपालिकाको बोर्डले आफ्नो कार्यकालको अवधि निर्माण भइरहेको अवैद्य निर्माणहरूमाथि रोक लगाउने काम गरेका थियौंl’ ‘गत केही महिना दार्जीलिङ भ्रमणमा रहेकी मुख्यमन्त्री ब्यानर्जीसितको भेटवार्तामा दार्जीलिङ शहरवासीहरूको सुरक्षालाई ध्यानमा राख्दै हामीलाई अवैद्य निर्माणहरूमाथि रोक लगाउने सुझाव दिएकी थिइन्’, उनले भनेl