कालचिनी – तीन दिवसीय थिएटर कार्यशालाको आयोजना कालचिनी खण्डको राधारानी चियाबारीमा शुरु भएको जानकारी वाईएलटीपीको पक्षबाट रामकुमार लामाले दिएका छन्। वाईएलटीपी युगान्तर परिवार र एक्ट डुवर्स औ बनमाला सिलगढ़ीको संयुक्त आयोजनामा मंगलबारदेखि शुरु भएको र यसमा कालचिनी क्षेत्रको लोक कलाकारहरूलाई समेटेर प्रशिक्षण दिइरहेको रामकुमार लामाले बताएका छन्।
भोलिसम्म चल्ने उक्त थिएटर कार्यशालाले लोक सांस्कृतिक औ नाटकीय मञ्चन गर्ने युवा-युवतीहरूले धेरै कुराको सिख पाउने आशा गरिएको छ। थिएटर कार्यशालाको प्रशिक्षकको रुपमा सुवेश पोद्दार सिलगढ़ीबाट उपस्थित रहेको छ भने स्थानीय इच्छुक सहभागी केटाकेटीहरूलाई प्रशिक्षण दिइरहेको जनाएका छन्।