सिलगढी: वामपन्थी छात्र संगठन एआईडीएसओको ६९औं स्थापना दिवसको अवसरमा आज बुधवार सिलगढीको मित्र सम्मेलन हल परिसरबाट एउटा रेली निकालेर शहरको प्रमुख मार्गहरूको परिक्रमा गर्दै अन्तमा सिलगढीको बाघाजतिन पार्कमा पुगेर समाप्त भएको थियो। त्यहाँ संगठनका सदस्यहरूले शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा शिक्षा नीति २०२० लाई रद्द गरिनु पर्ने अनि उत्तर विश्वविद्यालयको भूमिलाई निजीकरण गरिने कुराको घोर विरोध जनाउँदै सङ्गठनका सदस्यहरूले यसको विरोध जनाए। यस अवधि कार्यक्रममा एआईडीएसओ दार्जिलिङ जिल्ला कमिटी अध्यक्ष कमरेड डा. अपूर्व मण्डल, उपाध्यक्ष कमरेड डा. शहरयार आलम लगायत अन्य कार्यकर्ता अनि समर्थकहरू उपस्थित थिए।