तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः वाईजीएसए खरसाङ सजिलै विजयी

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा वाईजीएसए खरसाङ सजिलै क्वार्टर फाइनलमा पुग्यो। लोप्चु जनमैदानमा बुधवार भएको म्याचमा वाईजीएसए-ले कालेबुङको शेयर एफसी-लाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट आकाश प्रधानले २ र साहिल राईले १ गोल गरे। एउटा गोल आत्मघाती रह्यो। विजेता टीमका आदर्श प्रधानलाई प्लेयर अफ द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ। यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा एकाडमी नाइट्स (एके), गान्तोक च्याम्पियन रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement