दार्जीलिङ: ‘हामी कानूनलाई सम्मान गर्छौ, त्यसकारण हामीले हाम्रो कार्यक्रमलाई स्थगित गरेका हौ’ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसकाे हुन्। दार्जीलिङको क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षले गत केही दिन अधिदेखि कार्यक्रम गर्दै आई रहेका थिए। दार्जीलिङ नगरपालिका मा हुने फ्लो टेस्टको कार्यलाई ध्यानमा राख्दै प्रशासन ले नगरपालिका कार्यलय परिसरमा १४४ धारा जारी गरेको थियो। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले कानूनलाई सम्मान गर्दै चल्दै गरेको महिना ब्यापी कार्यक्रमलाई आज एक दिनको निम्ति स्थगित गरेको बताए।तिनले स्पष्ट शब्दमा भने हामी कानूनको सम्मान गर्छौ।तिनले अधि भने माध्यमिक परिक्षाको निम्ति हाम्रो विधार्थीहरू टयुसन पढदैछन साथै देश विदेशहरूबाट यहाँ पयर्टकहरू घूम्न पनि आएका छन। यी सवै विषयहरूलाई ध्यानमा राख्दै आफुले चल्दै गरेको कार्यक्रमलाई एक दिनको निम्ति स्थगित गरेको हो भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताए।