टी२०-मा हार्दिक कप्तान, वनडे टीमबाट धवनको छुट्टी

नयाँ सालमा भारतीय क्रिकेट टीमले श्रीलंका विरुद्ध आफ्नो पहिलो सीरीज खेल्नेछ। यी दुई टीमबीच टी२० सीरीजको शुरुवात ३ जनवरीदेखि हुनेछ। पहिलो म्याच मुम्बईमा खेलिनेछ। यसको निम्ति चेतन शर्माको अगुवाईमा रहने चयन समितिले भारतीय टीमको घोषणा गऱ्यो। अहिलेसम्म फिटनेस हासिल गर्न नसकेको हुनाले कप्तान रोहित शर्माले टी२० सीरीजमा हिस्सा लिनेछैनन्। यसको साथमा वनडे सीरीजको निम्ति पनि टीमको घोषणा गरियो। वनडे सीरीजमा चाहिँ रोहित शर्माले टीमको कप्तानी गर्नेछन्।
रोहितको अनुपस्थितिमा टी२० सीरीजको निम्ति हार्दिक पाण्ड्याको कप्तानीमा बीसीसीआईले १६ सदस्यीय टीमको घोषणा गऱ्यो। यस टीममा विकेटकीपरको रूपमा ईशान किशनलाई स्थान प्राप्त भएको छ। रिषभ पन्त टीममा छैनन्। यसको साथै मुकेश कुमार र शिवम मावीलाई टी२० टीममा स्थान प्राप्त भएको छ। रोहित बाहेक विराट कोहली र केएल राहुल टी२० टीममा छैनन्। सूर्यकुमार यादवलाई टी२० टीमका उपकप्तान बनाइएको छ।
टी२० टीमः हार्दिक पाण्ड्या (कप्तान), ईशान किशन (विकेटकीपर), रुतुराज गायकवाड़, शुभमन गिल, सूर्यकुमार यादव (उपकप्तान), दीपक हूड्डा, राहुल त्रिपाठी, सञ्जु सेमसन, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, अक्षर पटेल, अर्शदीप सिंह, उमरान मलिक, शिवम मावी अनि मुकेश कुमार।
भारतीय वनडे टीममा राहुललाई उपकप्तान पदबाट हटाइएको छ। उनक स्थानमा हार्दिकलाई उपकप्तानको जिम्मेवारी प्राप्त भएको छ। यसको साथै लगातार निराशाजनक प्रदर्शनपछि शिखर धवन पनि टीममा स्थान बनाउन असफल रहे। शिखरको साथमा पन्त पनि वनडे टीममा छैनन्। टीममा केएल राहुलको साथमा ईशान किशनलाई विकेटकीपरको रूपमा स्थान प्राप्त भएको छ।
वनडे टीमः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), ईशान किशन (विकेटकीपर), हार्दिक पाण्ड्या (उपकप्तान), वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, कुलदीप यादव, अक्षर पटेल, मोहम्मद शमी, मोहम्मद सिराज, उमरान मलिक अनि अर्शदीप सिंह।
भारत र श्रीलंकाबीच टी२० सीरीजको पहिलो म्याच मुम्बईको वानखेड़े स्टेडियममा खेलिनेछ। त्यसपछि दोस्रो म्याच पुणेको महाराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा हुनेछ। सीरीजको तेस्रो तथा अन्तिम म्याच राजकोटको सौराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा हुनेछ। त्यसपछि १० जनवरीदेखि दुई टीमबीच तीनवटा म्याचको वनडे सीरीज शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement