निर्वाचित कार्यकर्ताहरूले समष्टिमा संगठनलाई दरिलो बनाउँने लिए संकल्प
दार्जीलिङ: खरसाङ गिदे पहाड समष्टि मा हाम्रो पार्टीको कार्यकारिणी समिति गठन। खरसाङ गिदे पहाड समष्टिमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। एलफर्ड तामाङको अध्यक्षतामा सम्पन्न भएको सभामा गिदे पहाड समष्टि अन्तर्गत पर्ने क्षेत्रका कार्यकर्ता एंव समर्थकहरूको अपार उपस्थिति रहेको थियो।जीटीए सभा को चूनावपछि खरसाङ गिदे पहाड समष्टिमा हाम्रो पार्टीको सभा एंव बैठक केही नभएको थिएन। खरसाङ गिदे पहाड समष्टिमा हाम्रो पार्टीलाई दरिलो बनाउँन आजको सभाले कार्यकारिणी समितिको गठन गरिएको छ, जसमा सर्वसमति अनुरूप खरसाङ गिदे पहाड समष्टि अध्यक्ष प्रितम राईलाई चयन गरिएको छ। त्यसरी नै सचिव एमडी ईसाक,कोषाध्यक्ष समिका लामा, यसै गरी कार्यकारिणी सदस्यहरूमा विधान विश्वकर्म, अनिम तामाङ, सुपन छेत्री, सुदेश खाती, सकान छेत्री, हिना छेत्री, सुजित छेत्री, विलाश थामी, प्रभाकर मोथे आदि रहेका छन। नव गठित हाम्रो पार्टीको कार्यकारिणी कमिटिले खरसाङ गिदे पहाड समष्टिलाई दरिलो बनाउँने दिशामा काम गर्ने संकल्प लिए।