राज दरबार भन्दा कम छैन मुकेश अम्बानी शाही घर

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा भारतका शीर्ष धनी व्यापारी मुकेश अम्बानीको घर कुनै राज दरबारभन्दा कम छैन। मुकेश अम्बानीको परिवार बस्ने घरको नाम ‘एन्टिलिया’ राखिएको छ। एट्लान्टिक महासागरमा रहेको एक पौराणिक टापुको नामबाट यसको नाम ‘एन्टिलिया’ राखिएको बताइएको छ। मुकेश अम्बानीको घरलाई संसारको सबैभन्दा महँगो घर पनि भनिन्छ। भनिन्छ, मुकेश अम्बानीको घर यति ठूलो छ, जसमा ६०० जना काम गर्छन्। मुम्बईस्थित एन्टिलियाको उचाइ २७ तलाको छ र यो घरको कुल क्षेत्रफल ४,००,००० वर्ग किलोमिटर छ। विशेष कुरा यस्तो छ, घरको प्रत्येक कोठाको भित्री भाग अर्को भन्दा फरक देखिन्छ।

एन्टिलिया सन् २०१० मा सम्पन्न भएको थियो। त्यसबेला विश्वमा यसको चर्चा निकै भएको थियो। ७ तला भएको यस घरको पहिलो ६ तला पार्किङका लागि मात्र बनाइएको हो। घरमा एकैपटक १६८ कार पार्क गर्न सकिन्छ। पार्किङ स्थलको माथिल्लो तल्लामा ५० सिटको सिनेमा हल छ। त्यो भन्दा माथि बाहिरी बगैचा छ। एन्टिलियाको डिजाइन शिकागोका वास्तुविद् ‘पर्किन्स’ले गरेका हुन् भने अस्ट्रेलियाको निर्माण कम्पनी ‘ल्यागटन होल्डिङ’ले निर्माण गरेका हुन्। यसमा ३ वटा हेलिप्याडको सुविधा छ। हेलिप्याड भएको यो पहिलो घर हो। यस घरमा मुकेश अम्बानी आफ्नो सम्पूर्ण परिवारसँग बस्छन्। यहाँ सबैलाई बस्नको लागि फरक फरक तलाहरू छन्। यहाँ योगा स्टुडियो, आइसक्रिम कोठा र तीनभन्दा बढी स्विमिङ पुलहरू पनि छन्। घरमा ९ वटा लिफ्ट छन्। घरमा १ स्पा र मन्दिर पनि छ।

यो घरको डिजाइन अधिकतम ८ रिक्टर स्केलको भूकम्पको धक्का सहन सक्ने गरी बनाइएको छ। रिपोर्टका अनुसार मुकेश अम्बानीको घर २०० करोड डलर अर्थात् करिब ११ हजार करोडको लागतमा बनेको हो। मुम्बई शहरको मुटुमा रहेको मुकेश अम्बानीको सपनाको हवेली सात वर्षमा पूरा भएको थियो। मुकेश अम्बानी आफ्नी पत्नी, छोराछोरी र आमासँग माथिल्लो तलामा बस्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement