चथट क्षेत्रबाट १२ गाईसहित दुइजना पक्राउ

सिलगढी: सिलगढी महकुमाको फणसीदेवा थानाको पुलिसले गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा चटहाट क्षेत्रमा छापा मारेर १२ गाई बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तहरूको नाम मोहम्मद सादिरुद्दीन (२३) र मोहम्मद नसिरुद्दीन (३४) रहेको छ। उनी करंदीघी राघवपुरका बासिन्दा हुन्। मालसामान गाडीको खोजी गर्दा १२ वटा गाई बरामद भएको छ। यस दिन पक्राउ परेकाहरूलाई सिलगढी डिभिजनल कोर्टमा पठाइएको छ।

उद्धार गरिएका गाईहरूलाई खोअर पठाइएको छ। उद्धार गरिएका गाईहरूलाई खोर (छाडा जनावर पाल्ने ठाउँ) मा राखिएको छ। पक्राउ परेकाहरूलाई हिरासतमा लिई यस तस्करीमा अन्य को को संलग्न छन् भन्ने बारे सोधपुछ गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement