निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टः गोर्खा स्पोर्टिंग क्लब विजयी

सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा गोर्खा स्पोर्टिंग क्लब (नागरी)- ले जीत हासिल गऱ्यो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा मंगलवार भएको म्याचमा गोर्खा स्पोर्टिंग क्लबले परिवर्तन एफसी, घूमलाई ४-१-ले पराजित गऱ्यो। बुधवार खेलिने म्याचमा कालेबुङ पुलिस र बण्टी ९, मंगपूबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १९ र २० जनवरी २०२३-मा हुनेछ। फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement