राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा सुन्तले एफसी-ले फाइनलमा स्थान बनायो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा मंगलवार भएको दोस्रो सेमिफाइनल म्याचमा सुन्तले एफसी-ले पहाड़ी युवा संघ (पीवाईएस), रोंगचोंगलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल लाक्पा तामाङले गरे। यसरी नै पीवाईएस-बाट आशिष लेप्चाले १ गोल गरे। अब ३१ दिसम्बरमा खेलिने फाइनलमा सुन्तले एफसी र टिस्टा एफसी-बीच भिड़न्त हुनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।