नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७७,६४७ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले कसैकाे मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६९६ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १४१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४३,४८३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर ३,४६८ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,३४,९९५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,०१,२८,१८२ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ९०,५२९ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,०७,३४,२१८ जनाले यो खोप लगाइसकेको छन्।