हरियाणा केन्द्रिय विश्वविद्यालयमा नवनिर्मित ‘कल्पना चावला छात्रावासको सिक्किमका राज्यपालद्वारा उद्घाटन

23-22-06-gov._981_H@@IGHT_0_W@@IDTH_600.jpg

गान्तोक: हरियाणा केन्द्रिय विश्वविद्यालयमा नवनिर्मित ‘कल्पना चावला छात्रावासको आज सिक्किमका राज्यपाल गंगा प्रसादले उद्घाटन गरेका छन्।
विश्वविद्यालयका छात्राहरूलाई नयाँ छात्रावासको रूपमा अझ एउटा सुविधा उपलब्ध गराएकोमा प्रशंसा गर्दै विश्वविद्यालयका कुलपति प्रो. टंकेश्वर कुमार र उनको टीमलाई बधाई दिए। उनले विश्वविद्यालयलाई लघु भारतको ऐना बताउँदै यो छात्रावासको निर्माणपछि विश्वविद्यालयमा छात्राहरूको संख्या बढ्नुका साथै महिलाहरूलाई शिक्षित बनाउन र सशक्त बनाउने दिशामा विश्वविद्यालय अझ उर्जाका साथ अगागि बढ्ने आशा व्यक्त गरे।
छात्राहरूलाई सम्बोधित गर्दै राज्यपालले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा भारतले विकासको नयाँ कीर्तिमान स्थापित गरिरहेको छ। विश्वले भारतको गौरव र उसको महत्वलाई बुझ थालेको छ, यस्तो स्थितिमा युवा शक्तिले भारतको बढ्दो शक्तिलाई महसूस गर्नु पर्ने आवश्यकता छ।”
भारतको जी-२० प्रेसीडेन्सीमाथि खुशी व्यक्त गर्दै भने, ‘वर्ष २०२३ देशका प्रत्येक व्यक्तिको निम्ति एकदमै महत्वपूर्ण छ। हामीले आफ्ना उत्तरदायित्वहरू बुझेर कर्तव्य पथमा अगाडि बढिरहनु पर्ने आवश्यकता छ।” केन्द्रिय विश्वविद्यालय हरियाणामा अहिले देशका लगभग २५ राज्यबाट ७५ पाठ्यक्रमको माध्यमद्वारा ५००० भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *