जित्सेन डोना लामाको सपोर्टमा आए पहाड़का संघ संस्थाहरु

IMG-20221227-WA0289.jpg

गान्तोक: जीटीभीद्वारा आयोजित सारेगामापा लिटल चेम्पम् सिजन ९ मा सिक्किमकी छोरी जित्सेन डोना लामा उत्कृष्ट प्रस्तुति दिँदै शीर्ष १० सम्म पुग्न सफल बनेकी छन् र उनलाई प्रतिस्पर्धामा निरन्तर अघि बढ्न साथै विजयी बन्नका लागि व्यापक मिसकल भोटको आवस्यकता परेको छ। विगत केही समयदेखि सिक्किमका राजनीतिज्ञ, पत्रकार, विभिन्न सङ्गठन व्यक्तिविषेश उनलाई जिताउने उद्देशमा लागिपरेका छन्। केवल ७ वर्ष पुगेकी लामाले केवल नेपाली भाषी जगतमा मात्रै होइन यतिबेला विश्वलाईनै आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत मोहित बनाउन सफल बनेकी छन्। अहिले प्रतिस्पर्धात्मक यात्रामा उनी निरन्तर अघि बढिरहेकी छन् र उनलाई विजेता बनाउने उद्देशमा सिक्किम जित्सेन डोना लामा सपोर्ट क्लब गठन गरेर व्यापक प्रचारप्रसार र जनचेतना ल्याउने दिशामा लम्किरहेको छ। हिजो दार्जीलिङमा जित्सेन डोना लामालाई विजेता बनाउने अपिलको साथमा उक्त समितिले पत्रकार सम्मेलन गर्‍यो। क्लबलाई नेतृत्व क्लबका मुख्य संरक्षक जेकब खालिङले गरेका थिए। खालिङले सम्मेलनमा जसरी प्रशान्त तामाङलाई विजयी बनाउन सारा सिक्किम, दार्जीलिङ, तराई, डुवर्स एवम् विश्वका नेपाली भाषी एक भएका थिए, त्यसरी नै लामालाई विजयी बनाउन एक हुनुपर्ने अपिल गरे। जित्सेन डोनाले केवल सिक्किमलाई मात्रै होइन सम्पूर्ण नेपाली भाषीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमतामा चिनाएको उनले बताए। अहिले जित्सेन डोना लामा स्पोर्ट्स क्लब दार्जीलिङ गठन भएको छ जसले सक्रिय रूपमा उनलाई जिताउने लक्ष्यमा स्थानीयलाई भोटको अपिल गर्नेछ। पत्रकार सम्मेलनपछि स्पोर्ट्स क्लबले दार्जीलिङ चौरास्तामा स्थानीय जनप्रतिनिधि र पर्यटकलाई डोनालाई भोट गरिदिने अपिल गरेको छ। आगामी दिनमा उक्त क्लबले सिलीगुडी, डुवर्स अनि देशका अन्य प्रान्तमा पनि यस अभियान विस्तार गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *