नेपालका प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री मोदीले दिए पहिलो बधाई

00-PM-Modi-Nepal-PM-Prachanda

काठमाडौं: पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको नयाँ प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री बनेलगत्तै प्रचण्डले एक अन्तर्वार्तामा नेपाल र भारतबीचको सम्बन्धका बारेमा कुरा गरेका थिए। उनले आफू भारत विरोधी नभएको बताए। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन्। यसअघि पनि उनी दुई पटक प्रधानमन्त्री बने पनि एक वर्ष मात्रै कार्यकाल पूरा गर्नसके। आफूले कार्यकाल पूरा गर्न सक्छु कि भनेर सोध्दा उनले यसपटक आएको निर्वाचन परिणामका आधारमा सरकार गठन भएको बताए। ‘जनताले सबै मिलेर काम गरोस् भन्ने चाहना थियो र त्यही अनुसार नयाँ सरकार बनेको हो। नयाँ पार्टीले जे गर्न खोजेको होस् र अनुभवी दुवै हामीसँगै छन्’, उनले भने।

एबीपी टीभी च्यानललाई दिएको अन्तर्वार्तामा उनले भने, ‘हाम्रा दलहरुको धारणा फरक हुनसक्ने तर संविधानका कारण आज हामी एकजुट भएका छौंl’ प्रचण्ड प्रधानमन्त्री भएपछि बधाई दिने विश्वका नेताहरूमा प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो नेता हुन्। प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई। भारत र नेपालबीचको अनुपम सम्बन्ध गहिरो सांस्कृतिक आत्मीयता र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ प्रगाढ बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *