गान्तोक: फेरि एकपल्ट कोरोना महामारीको खतरा बड़ेपछि सिक्किम सरकारले सतर्कता अप्नाउँदै हिजो राजधानीको एसटीएनएम अस्पताललगायत जिल्ला अस्पतालहरूमा मोक ड्रील गरेको थियो। यस मोक ड्रीलमा कोभिड सङ्क्रमितहरूतो तथ्याङ्क सङ्ग्रह, पूर्वाधारहरूको र जनशक्तिको तयारी, उपचार आदिको पूर्वाभ्यास गरियो। यस मोक ड्रीललाई एसटीएनएम अस्पतालमा स्वास्थ्य एवं परिवार कल्याण विभागका सचिवको निगरानीमा गरिएको थियो भने जिल्ला अस्पतालहरूमा सम्बन्धित चिकित्सा अधिकारीको निगरानीमा गरिएको थियो।