गेजिङमा एसकेएम पार्टीको समन्वय सभा सम्पन्न

गान्तोक: पश्चिम सिक्किमको गेजिङस्थित जिल्ला कार्यालयमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एउटा समन्वय सभा सम्पन्न भयो। सभालाई पार्टीका पश्चिम जिल्ला प्रभारी डी. बी. गुरुङले गेरका थिए। सभामा जिल्लाका चारैवटा समष्टिबाट पार्टीका सीएलसी अध्यक्ष, उपाध्यक्ष, महासचिव, जिल्ला स्तरीय पार्टीका पदाधिकारीगण अनि कर्याकर्ताहरुको विशेष उपस्थिति रहेको थियो।

आजको सभामा आगामी दिनमा पार्टीको कार्यक्रमसँगै कसरी पार्टीलाई अझ बलियो बनाउने भन्ने बारेमा व्यापक चर्चा र छलफल गरियो। पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको निर्देशअनुसार विभिन्न कार्यक्रमको तयारी बारे पनि सभामा चर्चा गरियो।

सभामा उपस्थिति पार्टी कार्यकर्ताहरूको सहमतिमा धेरैवटा महत्वपूर्ण प्रस्ताव पनि पारित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement