खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा महकुमा स्तरीय महिला लीग कम् नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो संस्करण आजदेखि शुरु भयो। स्थानीय मण्टिभियट खेल मैदानमा मंगलवार भएको उद्घाटन म्याचमा खरसाङ युनाइटेड सिस्टर्स-ले हिल्स फूटबल एकाडमीलाई ६-१-ले पराजित गऱ्यो। आज उद्घाटन समारोहमा विशिष्ट अतिथिको रूपमा उपस्थित श्याम शेर्पा (सभासद), सुभाष प्रधान (उपाध्यक्ष, खरसाङ नगरपालिका) र डिंकु गुरुङ (सह-प्रायोजक)-ले बल किक् अफ् गरी टुर्नामेण्टको शुरुवात गरे। आज अतिथिको रूपमा पेमेन्द्र गुरुङ (सभासद), मोहन योञ्जन (अध्यक्ष, केजीएचएसए), सोनम भूटिया, रबिन तामाङ, कमलेश राई र सरोज प्रधान उपस्थित थिए। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा सातवटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३ जनवरीमा हुनेछ। यसरी नै फाइनल ५ जनवरीमा खेलिनेछ।