सिक्किमले पोखरामा आयोजन हुने ट्रेनिस बल क्रिकेट टुर्नामेन्टमा भाग लिने

गान्तोक: नेपालको पोखरामा आयोजन हुन लागिरहेको इन्डो-नेपाल स्पोर्ट्स फेस्टिभल’ मा सिक्किम टेनिस बल क्रिकेट एसोसिएशनका खेलाडीहरू भाग लिने भएका छन्।अन्तरराष्ट्रिय स्तरको प्रतियोगिता आगामी ३० दिसम्बरदेखि ०२ जनवरी, २०२३ सम्म आयोजन हुनेछ ।सिक्किम टेनिस बल क्रिकेट एसोसिएशनका अध्यक्ष निर्मल भट्टराईले देशमा टेनिस बल क्रिकेट बिस्तारै लोकप्रिय बन्दै गइरहेको छ भनी बताए।सिक्किममा क्रिकेट प्रतियोगिताहरू आयोजन गर्न स्टेडियमहरू कम रहेको बताउँदै टेनिस बल क्रिकेट सानो खेल मैदानमा पनि आयोजन गर्न सकिने जानकारी गराए। संघकी सचिव अमिता जी. थापाले संघको तत्वावधानमा विगतका दिनहरूमा देशका विभिन्न ठाउँहरूमा आयोजित क्रिकेट टुर्नामेन्टको बारेमा जानकारी दिइन्। संघले अहिलेसम्म आफ्नै बलबुतामा राज्यका खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्दै आइरहेको पनि उनले बताइन्। उनले निकट भविष्यमा सम्बन्धित निकायहरूबाट समर्थन पाउने आशा व्यक्त गरिन्। यसरी नै संघका प्रशिक्षक अन्मोलमणि गिरीले टेनिस बल क्रिकेटलाई गल्ली क्रिकेट भनेर पनि चिनिने गरिएको बताए। उनले अझ बताए अनुसार यस खेलमा ९ जना खेलाड़ी खेल्न सक्छन् भने खेल केवल ८ ओभरको मात्र हुनछ। यो क्रिकेट विशेष रूपमा गाउँ बस्ती र सडकहरूमा खेल्ने खेलाडीहरूको निम्ति एउटा अवसर रहेकाले संघले यस्तै खेलाड़ीहरूमाथि नै ध्यान केन्द्रित गरिरहेको उनले बताए।
सिक्किमले अहिलेसम्म राम्रै प्रदर्शन गर्दै आएको र पोखरामा हुने प्रतियोगितामा पनि राम्रै प्रदर्शन गर्नेछन् भन्ने उनले आशा व्यक्त गरे। सिक्किम टीमका क्याप्टन प्रवेश शर्मा रहेको पनि उनले जानकारी गराए।

About Author

Advertisement