सिक्किम बाहिरबाट गुण्डा ल्याएर आतङ्क मच्चाउने पवन चामलिङ खुद हुन्: बिरेन्द्र तामलिङ

गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले लगाएका आरोपहरूको विरोध जनाएका छन्।सत्तारूढ़ एसकेएम पार्टीले चामलिङले लगाएका आरोपहरू निन्दनीय रहेको पनि बताएको छ। एसकेएम प्रचार-प्रसार उपाध्यक्ष प्रभारी बिरेन्द्र तामलिङले आज प्रेस बयान जारी गरेका छन्। पवन चामलिङले मुख्यमन्त्री पीएस तामाङमाथि बोडोल्याण्डको भ्रमण गरी त्यहाँबाट हात हतियार ल्याएको आरोप लगाएका छन् जुन पूर्ण रूपमा गैरजिम्मेवार बयान रहेको बताएका छन्। उनले भनेका छन्, ‘चामलिङले यस्तो भ्रामक बयान दिएर सिक्किमेली जनतालाई डर देखाउने अधिकार छैन। वास्तवमा भन्नु हो भने सिक्किम बाहिरबाट गुण्डा ल्याएर आतङ्क मच्चाउने पवन चामलिङ खुद हुन्। यसको प्रमाण सिक्किमका तमाम जनताले देखिसकेका छन्।’ उनले अझ भनेका छन्, ‘सिक्किम विधानसभा जस्तो राज्यको उच्चस्थानमा आतङ्क मचाउने प्रयास गरिरहेका एसडीएफका गुण्डाहरू पक्राउ परेको घटनाले स्वतः प्रमाणित गर्छ कि बाहिरबाट हतियारधारी गुण्डाहरू ल्याएर पाल्ने चामलिङ आफैँ हुन्। अहिले दुधको साक्षी बिरालो भनेजस्तो गरी नानाथरीको हुँदै नभएको भ्रामक दुष्प्रचार गरी जनतालाई डराउने र धम्क्याउने काममा चामलिङ लिप्त छन्।’
सिक्किममा मुख्यमन्त्री अनि एसकेएम सरकारबाट गरीब जनताले निरन्तर न्याय सेवा र सहयोग पाइरहँदा चामलिङले आफ्नो अस्तित्व गुमिसकेको देखेर मनमा जे आयो त्यही बयान दिइरहेको उनले बताएका छन्। तामलिङले सिक्किममा धेरैजना मुख्यमन्त्री भए, धेरै सरकार आए तर, एसडीएफ र चामलिङ जस्तो तानाशाही अनि भ्रष्ट सरकार सिक्किममा न कहिल्यै थियो न त कहिल्यै हुनेछ भनी आरोप लगाएका छन्। उनले एसडीएफ जस्तो तानाशाही सरकार फेरि सिक्किममा नफर्कियोस् जनताको नाइ छ भनी विज्ञप्तिमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement