ओम प्रकाशले सम्हाले एनएचपीसीको अभियन्ता प्रभारी पदभार

मङ्पुः एनएचपीसी चरण ३ र ४- का पूर्व मुख्य अभियन्ता प्रभारी एके ग्रोबर यहाँबाट स्थानन्तरण भएर चन्डीगढ गएको छ। उनको स्थानमा फरिदाबादबाट ओम प्रकाश आएका छन्। एनएचपीसी चरण ३ र ४ का मुख्य अभियन्ता प्रभारी ओम प्रकाशले आज रम्बी एनएचपीसी चरण ३ – का मुख्य कार्यालयमा आफ्नो पदभार सम्हाले। पूर्व प्रभारी एके ग्रोबरलाई आज एउटा कार्यक्रमबीच सम्पूर्ण कर्मचारीहरूले विदाइ दिए। तिनले आज आफ्नो कार्यकालको अन्तिम दिन सम्पूर्ण कर्मचारीहरू अनि स्थानीय क्षेत्रवासीहरूलाई यतिका दिनसम्म सहयोग गरेवापत् आभार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement