मिरिक: आज जातीय कवि अगमसिहं गिरी जयन्ती हो। सौरेनीको आयोजनामा आज मंगलबार सौरेनीमा जातीय कवि अगमसिहं गिरीको ९५औं जन्म जयन्ती पालन गरियो। कार्यक्रमको पहिलो चरणमा सौरेनी बजारमा रहेको जातीय कवि अगमसिहं गिरीको सालिगमा उपस्थित अतिथिहरूद्वारा फूलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरियो। उक्त कार्यक्रमपछि सौरेनी बजार सार्वजनिक भवनमा गिरी जयन्तीको अवसरमा विविध कार्यक्रम गरियो। जीटीए स्वास्थ्य परिवार जनकल्याण विभागका कार्यकारी सभासद अरुण सिग्चीको अध्यक्षता अनि डीआर बम्जनको मुख्य आथित्यमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूमाझ कविता आवृति प्रतियोगिता अनि बस अनि चित्र बनाँउ प्रतियोगिता सम्पन्न गरियो। कार्यक्रममा शिक्षक अर्जुन थापाले अगमसिहं गिरीमाथि वार्ता प्रस्तुत गरे भने मन्जु निम्नोच्च विद्यालयका विद्यार्थीहरू लगायत स्थानीय कलाकारहरूले गीत अनि नृत्यहरू प्रस्तुत गरे। कार्यक्रममा साहित्य क्षेत्रमा योगदान दिएका कृतिकारहरू देविका सुब्बा, डीआर बम्जन, एमएल दियाली, केसाङ लामा, दिनेस चामलिङ, अर्जुन थापा, डाक्टर जेम्स विश्व, तुलसी मास्के, मनोहर शर्मा, अजित विश्व, सचिन नेपाल, अर्पण राई अनि मृत्युपछि किस्मत देवान, के लामा अनि दीर्घ राईलाई स्मृति चिन्ह, अङ्गवस्त्र प्रदान गरेर सम्मान जनाइयो।









