एसजेडीए अध्यक्ष सौरभ चक्रवर्तीले नक्सलबारीमा दुई विकास परियोजनाहरूको शिलान्यास गरे

नक्सलबारी: आज नक्सलबारीमा दुईवटा विकास परियोजनाको शिलान्यास एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीद्वारा गरे। यसै अवसरमा नक्सलबारी कलेजको सीसी रोडसँगै गार्ड वाल र नक्सलबारी बजारको सड़कको शिलान्यास गरे। नक्सलबारी बस स्ट्यान्डमा आज एउटा कार्यक्रमको माध्यमद्वारा उक्त दुईवटा नयाँ परियोजनाको शिलान्यास गरियो। यस अवसरमा महकुमा परिषदका सभाधिपति अरुण घोष, एसजेडीएका भाइस चेयरम्यान, बोर्ड सदस्य काजल घोष, रञ्जन शील शर्मा, गौतम गोस्वामी, नक्सलबारी पञ्चायत समितिको पञ्चायत तथा व्यवसायी समितिका सदस्य उपस्थित थिए। नक्सलबारीका अध्यक्ष सौरभ चक्रवर्तीले भने, नक्सलबारी बजारमा ७७ लाख रुपियाँ लागतमा सडक निर्माण तथा १ करोड़ ३२ लाख रुपियाँको लागतमा नक्सलबारी कलेजको सड़क र गार्ड वाल निर्माण गरिनेछ। नक्सलबारीका मानिसहरूलाई नयाँ वर्षको उपहार स्वरूप उक्त दुइवटा कार्यको शिलान्यास गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement