मेडिकल सुविधा नभएकोले सन्दकपु घुम्न आउने पर्यटकहरूलाई धेरै समस्या

दार्जिलिङ: दार्जिलिङ पहाड़को सबैभन्दा उच्च स्थानमा रहेको पर्यटकीय स्थल हो सन्दकपु। सन्दकपु ३६३६ मीटर अर्थात् ११,९३० फीट ऊँचाईमा सिंहलिला रेञ्जमा अवस्थित छन्। यो भारत र नेपालको सीमानामा अवस्थित छन्। देश अनि विदेशबाट पर्यटकहरू सन्दकपु घुम्न आउने गर्छन्। पर्यटकहरू देशको विभिन्न राज्यहरू लगायत विदेशबाट पनि ट्रेकिङ गर्दै साथै यहाँको प्रसिद्ध पर्यटकहरू बोक्ने गाड़ी ल्याण्ड रोभरमा पुग्ने गर्छन्। सन्दकपुबाट देखिने विश्वको तेस्रो सबैभन्दा उच्च पर्वतमाला कञ्चनजंघाको दृश्यहरू मनमोहक हुन्छन्। यहाँ रोडोडेन्ड्रन पनि निक्कै प्रसिद्ध मानिन्छ जुन मार्च अप्रेलतिर फुल्छन्। तर सन्दकपुमा आउने पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र भए पनि यहाँ आउने पर्यटकहरू धेरै घाइते हुने, समस्याहरू हुने तथा कसैले आफ्नो ज्यानसम्म पनि गुमाउने गर्छन्। कारण यहाँ भनेको जस्तो राम्रो मेडिकल व्यवस्था छैन। मेडिकल सुविधा नभएकोले पर्यटकहरूलाई पनि धेरै असुविधा हुने गरेको र कुनै पर्यटकहरूले आफ्नो ज्यान पनि गुमाउने गर्छन्। यस क्षेत्रमा पर्यटकहरू मात्रै होइन स्थानीयहरूको लागि पनि मेडिकल सुविधा छैन। यस विषयमा स्थानीय दावा छिरिङ भोटियाले पत्रकारहरूसित कुराकानी गर्दै भने, यहाँ मेडिकल समस्याहरू धेरै छ। पर्यटकहरू मानेभञ्ज्याङदेखि ट्रेकिङ गर्दै आएको समय बाटोमा केही भए धेरै असुविधा हुनजान्छ नत्र बोकेर भएपनि मानेभञ्ज्याङसम्म लानु पर्ने अवस्था हुन्छ भनी बताएका छन्।

त्यसरी नै जीटीएको अस्थायी कर्मचारीले पत्रकारहरूसित कुराकानी गर्दै यहाँ रहेका जीटीए अस्थायी कर्मचारीहरू, पर्यटकहरू र स्थानीयहरूको लागि मेडिकल सुविधा केही छैन भन्दै यहाँ बंगाल सरकार र जीटीएले पनि फस्ट एड सुविधाधरि उपलब्ध गराएको छैन भनी दु:ख व्यक्त गरेका छन्। उनले यहाँ आउने पर्यटकहरू र स्थानीयहरूलाई कुनै बिमार भए बोकेर लानु पर्ने अवस्था छ। त्यसैले यहाँ बंगाल सरकार अनि जीटीएले मेडिकल सुविधा उपलब्ध गराए राम्रो हुने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement