शिशुपाल शर्माद्वारा बंगलाबाट नेपालीमा अनुदित कृति नव-नीता लोकार्पित

खरसाङ: खरसाङमा सम्पन्न जातीय कवि अगमसिंह गिरीको जन्म जयन्ती समारोहमा शिशुपाल शर्माद्वारा अनुवाद गरिएको कृति विमोचन गरिएको छ। नेपाली साहित्यमा बाल साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ साहित्यकार शिशुपाल शर्माद्वारा बंगला भाषाबाट नेपालीमा अनुवाद गरिएको कृति नवनीता कार्यक्रमको अध्यक्ष गोर्खा जनपुस्ताकालय खरसाङको सभापति पूर्ण गुरुङ निरुपम, प्रमुख अतिथि आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको बाहुलीबाट अनि विशिष्ट अतिथिहरूका उपस्थितिमा लोकार्पण गरिएको छ। नवनीता नामक पुस्तक बंगला साहित्यमा साहित्य अकादमी पुरस्कार प्रापक पुस्तक हुन् जुन बंगलामा नवनीता देवसनले लेखेका हुन्। यस अनुदित पुस्तक विषयमा अनुवादक शिशुपाल शर्माको सुपुत्र तुलसी नन्दन शर्माले आफ्नो वक्तव्यमा पुस्तकक कार्य विषयमा जानकारी गराएका छन्।

About Author

Advertisement