पियारुद्दीन मोहम्मद तृणमूलको डबग्राम फूलबारी ब्लक किसान खेत मजदूर संगठनको नयाँ अध्यक्ष

सिलगढी। पियारुद्दीन मोहम्मदले तृणमूलको डबग्राम फुलबारी ब्लक किसान खेत मजदूर संगठनको नयाँ अध्यक्षको जिम्मेवारी पाएका छन्। फुलबारी नम्बर २ ग्राम पञ्चायतका वर्तमान अध्यक्ष दिलीप राई अहिलेसम्म यस पदको जिम्मेवारीमा थिए। यसपटक तिनलाई हटाएर फुलबारी नम्बर २ क्षेत्रका उपाध्यक्ष पियारुद्दीन मोहम्मदलाई अध्यक्ष बनाएको छ। जिल्ला खेदमजुर संगठनका अध्यक्ष दुलाल देवनाथले आइतबार जलपाईगढी खेतमजुर हलमा आयोजित एक बैठकमा उनको नाम औपचारिक रूपमा घोषणा गरे र उनलाई स्वीकृति पत्र हस्तान्तरण गरे।

नयाँ अध्यक्षलाई जोरपाकुरी बुथ नम्बर २८४ का युवा अध्यक्ष अफाज अली, क्षेत्रीय सचिव हुमायुन कबीर, डबग्राम फुलबारी ब्लक मजदुर संगठनका सदस्य मोइनुल हक, क्षेत्रका पूर्व पञ्चायत सदस्य मोहम्मद रोकिमुद्दीन, उस्मान गनी, स्थानीय महिला अध्यक्ष फुलफुली रोयले स्वागत गरेका थिए। यसै क्रममा यो खबर फैलिने बित्तिकै आज बिहानैदेखि साथीभाइले उनको घरमा गएर फूलको गुच्छा र मिठाई दिएर बधाई दिएका थिए। नयाँ जिम्मेवारी पाएपछि पियारुद्दीन मोहम्मदले पार्टीको वरिष्ठ नेतृत्वले देखाएको बाटोमा मिलेर काम गर्न चाहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement