लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशनको आयोजनमा सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा ग्लेनबर्न युनाइटेडले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा मंगलवार भएको म्याचमा ग्लेनबर्न युनाइटेडले मुनाल एफसी (सोनादा)-लाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट सागर शेर्पाले ह्याट्रिक गरे। यसबाहेक १ गोल नावांगले गरे। यसरी नै मुनाल एफसी-बाट राजीव राईले ह्याट्रिक गरे। सागर शेर्पालाई प्लेयर अफ द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ। यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा एकाडमी नाइट्स (एके), गान्तोक च्याम्पियन रहेको थियो।