दार्जीलिङ: गणतन्त्र हननको विरोधमा अनि जातिया हित को पक्षमा अजय, विमल, विनय र प्रकाश उभिए एकै मंच मा। गोर्खा स्वाभिमान संघर्षको ब्यार्नरमा गणतन्त्रका हनन र गोर्खा जातिया हितको पक्षमा हिज सोमबारदेखि दार्जीलिङको क्यापिटल हलमा विरोधाभास कार्यक्रम शुरू भएको छ। आज दोस्रो दिनको कार्यक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ, सभासद विनय तामाङ, सिटिजन फोरमको पक्षबाट प्रकाश गुरूङ आदि उपस्थित भएको थियो। कार्यक्रमको शुभारम्भमा गोर्खा जातिया कवि अगम सिंह गिरीको तस्वीरमा दीप जलन और खदा अर्पण गरियो। कार्यक्रमको अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस, गोजमूमो अध्यक्ष विमल गुरूङ, सभासद विनय तामाङ, सिटिजन फोरमको पक्षबाट प्रकाश गुरूङ आदि माझ एक बैठक भयो। आधा घण्टा जति लामो बैठकपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गोर्खा स्वाभिमान संघर्षको ब्यार्नरद्वारा आयोजना गरिएको कार्यक्रम गणतन्त्रको हनन र गोर्खा जातिया हितको पक्षमा गरिएको कार्यक्रम रहेको बताए। हिज सोमबारदेखि शुरू भएको कार्यक्रम एक महिना ब्यापी चल्नेछ भन्ने बताए। तिनले स्पष्ट शब्दमा भने हामीले यो कार्यक्रमको निम्ति नगरपालिकालाई एक महिनाको किराय अधिबाटै दिई सकेका छौ, त्यसकारण हामीलाई हाम्रो कार्यक्रमबाट कसैले पनि हटटाउँने प्रयास नगर्दा हुन्छ अध्यक्ष एडवार्डसले भने।भोली २८ दिसम्बरमा हुने दार्जीलिङ नगरपालिकाको फ्लो टेस्ट लाई ध्यानमा राख्दै प्रशासनले १४४ धारा लागु गर्ने कुरा छ? भन्ने प्रश्नको जवाफमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले स्पष्ट शब्दमा भने प्रशासनले फ्लो टेस्ट गर्न सक्छ तर हाम्रो कार्यक्रम जारी रहनेछ। यदि कसैले पनि हामीलाई हाम्रो कार्यक्रमदेखि अलग थलग गर्ने प्रयास गर्छ भने उनीहरूलाई हामीलाई यहाँबाट घिसारेर निकाल्न पर्छ तिनले भने। अध्यक्ष एडवार्डसले स्पष्ट शब्दमा भने रूपियाँ पैसाको बलमा दार्जीलिङमा निर्वाचित जन प्रतिनिधिहरूलाई किनबेच गर्ने कार्यहरू भएको छ, जो उचित होइन तिनले भने। खरसाङ, मिरिक अनि कालेबुङ नगरपालिकाको चूनाव हुने तय भएको छ, त्यसरी नै पहाडमा पंचायत चूनाव हुने पनि तय भई सकेको छ,जनताको मत पाएर निर्वाचित भएको जन प्रतिनिधिहरूलाई दार्जीलिङमा जस्तै रूपियाँ पैसाको प्रलोभनमा किनबेच गर्न सक्दैन भन्ने कुनै ग्यारेन्टी छैन अध्यक्ष एडवार्डसले भने। पहाडको कतिपय ठेकादार हरूले आफ्नो अबैद्य कार्यहरूलाई यथवत राख्नलाई रूपियाँ पैसाको प्रलोभनमा निर्वाचित जन प्रतिनिधिहरू को किनबेच कार्यहरू गरेको छ अनि रूपियाँ पैसाको प्रलोभन देखाउँदै किनबेच गर्ने कार्यको नायके अनित थापा रहेको एडवार्डसले बताए। एक जना नगरपार्षदलाई ७० लाख रूपियाँसम्मको अफर दिएको छ। ती ठेकादार अहिले सिलगढीको एक होटलमा रूपियाँ पैसा लिएर बसेको छ भन्ने हाम्रो पार्टी अध्यक्ष एडवार्डसले भने।

यसै संदर्भमा गोजमुमो अध्यक्ष विमल गुरूङले पत्रकारहरूसंगको कुराकानीमा गणतन्त्रको हनन र गोर्खा जातिया हितमा हामी एकबद्व भएका छौ भन्ने बताए।गोर्खा स्वाभिमान संघर्षद्वारा आयोजित महिना ब्यापी कार्यक्रममा आफुले अंश ग्रहण गर्ने स्पष्ट शब्दमा बताए।त्यसरी नै सभासद विनय तामाङले अबको जीवन गोर्खा जातिको हितमा सम्पर्ण गर्ने बताए।त्यसरी नै सिटिजन फोरमको कार्यकर्ता प्रकाश गुरूङले गणतन्त्रको हनन र गोर्खा जातिया हितमा हामी सवै एकबद्व हुने आहवान गरयो।








