सिलगढी: सिलगढीमा प्रहरीले हतियारसहित २ जनालाई पक्राउ गरेको छ । दुबैको नाम राजकुमार साहनी र जलन्धर साहनी हो। दुवै सिलगढीका बासिन्दा रहेको बताइएको छ। पक्राउ परेकाहरूलाई मंगलबार जलपाइगढी जिल्ला अदालतमा पेश गरिएको थियो। प्रहरी स्रोतका अनुसार गोप्य सूचनाको आधारमा सोमबार सिलगढी महानगरीय प्रहरी र एनजेपी थाना अन्तर्गतको एसओजीले संयुक्त रूपमा फूलबारी इलाकाको नहर रोड छेउछाउको क्षेत्रमा अपरेसन गरेको थियो। छापा मार्दा दुई युवालाई पक्राउ गर्नुका साथै ७ दशमलव ६५ एमएमको पिस्तोल पनि बरामद भएको छ। तीनवटा जिउँदो कारतुस पनि बरामद भएको छ। पक्राउ परेकाहरुले कहाँबाट बन्दुक ल्याएका थिए र उनीहरुको वास्तविक उद्देश्य के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।