जाडोले मृत्यु

जलपाईगडी: मंगलबार बिहानदेखि कुहिरो र चिसोका कारण जलपाईगडीमा एक जनाको मृत्यु भएको छ। जलपाईगडी सदर ब्लकको डेंगुझार क्षेत्रमा सडकमा रात बिताएका एक घरबारविहीन व्यक्तिले चिसोको पीडा सहन सकेनन्।
जलपाईगडी डेंगुजार क्षेत्रमा, एक व्यक्तिले दिनभर काम गरेपछि राती सडकमा बिताउँथे। उनी डेकोरेटरको मजदुर भएको स्थानीय स्रोतले जनाएको छ। चिसोका कारण मृत्यु भएको स्थानीयको अनुमान छ। तर, मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन। कोतवाली प्रहरी चौकीले घटनास्थलबाट शव बरामद गरी पोस्टमार्टमको लागि लगेको छ। अनुसन्धान भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement