२३ सालको उमेरमा १७.५० करोडयसले मेरो खेलमा कुनै बदलाउ आउने छैन: क्यामरन ग्रीन

IMG-20221227-WA0099.jpg

इण्डियन प्रीमियर लीग (आईपीएल) इतिहासको दोस्रो सबैभन्दा महँगो खेलाड़ी बन्ने अष्ट्रेलियाका युवा अलराउण्डर क्यामरन ग्रीनको भनाइअनुसार, आईपीएलको लिलामीमा यति धनराशि पाउने उनले त्यस्तो केही पनि गरेका थिएनन्। आईपीएल २०२३-को निम्ति भएको मिनी लिलामीमा ग्रीनलाई हासिल गर्नको निम्ति मुम्बई इण्डियन्सले १७ करोड़ ५० लाख रुपियाँको मोटो राशि खर्च गऱ्यो। यस पेस बलरले सोमवार दक्षिण अफ्रिका विरुद्ध मेलबर्न क्रिकेट ग्राउण्डमा जारी बक्सिंग डे टेस्ट म्याचमा करियरमा पहिलोपल्ट ५ विकेट हासिल गरे। यसैकारण दक्षिण अफ्रिकाको पहिलो ईनिंग्स केवल १८९ रनमा समाप्त भयो। ग्रीनको भनाइअनुसार, आईपीएलको लिलामीमा हासिल भएको मोटो राशिले उनी या उनको खेल्ने तलिकामा कुनै बद्लाउ आउने छैन।
ग्रीनले भने, ईमानदारीपूर्वक भन्नु पर्दा मैले आफ्नो छोटो करियरमा अहिलेसम्म यति धेर धनराशि हासिल गर्ने त्यस्तो केही खास गरेको छुइनँ। मैले त केवल आफ्नो नाम लिलामीमा हालेको थिएँ अनि यस्तो भयो। यसले म को हूँ अनि म के सोच्छु भन्ने कुरामा कुनै बद्लाउ आउने छैन। उल्लेखनीय छ, कोच्चीमा भएको लिलामीमा ग्रीन दोस्रो सबैभन्दा महँगो खेलाड़ी बने। उनको निम्ति लिलामीमा दिल्ली क्यापिटल्स, रोयल च्यालेञ्जर्स बेंगलुरु र मुम्बई इण्डियन्सले बोली लगायो। लिलामीमा ईंग्ल्याण्डका अलराउण्डर सेम करन सबैभन्दा महँगो खेलाड़ी बने। उनलाई पञ्जाब किंग्सले १८ करोड़ ५० लाख रुपियाँमा किन्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *