ब्ल्याक हर्स फूटबल क्लब (रोहिनी)- को तत्त्वावधानमा आउँदो वर्ष विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो सीजनको आयोजन गरिनेछ। ए.जे. फूटबल ग्राउण्डमा हुने यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क २५०० रुपियाँ तोकिएको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति ३१ दिसम्बर रहेको छ।