राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा टिस्टा एफसी-ले फाइनलमा स्थान बनायो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा सोमवार भएको पहिलो सेमिफाइनल म्याचमा टिस्टा एफसी-ले सुपरस्टार सिटोंगलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट कुनाल गुरुङले गोल गरे। मंगलवार खेलिने दोस्रो सेमिफाइनलमा सुन्तले एफसी र पहाड़ी युवा संघ (पीवाईएस), रोंगचोंगबीच भिड़न्त हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।