भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा चामुंग फूटबल क्लबले जीत हासिल गऱ्यो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा सोमवार भएको म्याचमा चामुंग एफसी-ले भाह तकभरलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट निम तामाङ र बिशेष थापाले गोल गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।