आमाको अन्तिम इच्छाका कारण आईसीयु वार्डमा भयो अनौठो बिहे

बिहारको शहर गयालाई मुक्ति मार्ग मानिन्छ। यहाँ एउटा निजी अस्पतालको आईसीयु वार्डमा आमाले अन्तिम इच्छा राखेर यस्तो अनौठो विवाह गरेको देखियो। बिहे भएको केही समयपछि आईसीयु वार्डमा आमाको मृत्यु भयो। यस्तो कथा फिल्ममा प्राय: देख्न पाइन्छ, तर बिहारको गयामा यस्तै बिहे देखेर त्यहाँ उपस्थित सबैको मानिसको आँखा रसाएको थियो। बेहुला र बेहुली पक्षका साथै सबै अस्पतालका कर्मचारीको टिलपिल टिलपिल आँसुले आँखा रसाएको थियो।

अवस्था बिग्रँदै गएपछि पूनमकुमारी वर्माले आफ्ना परिवारका सदस्यलाई बताइन्, चाँदनी कुमारीको इन्गेजमेन्ट भारतीय सेनाबाट सेवानिवृत्त गुरुवा ब्लकको सलेमपुर गाउँका विद्युतकुमार अम्बेडकरका इन्जिनियर छोरा सुमित गौरवसँग २६ दिसम्बरमा भएको थियो। केटीकी आमाको स्वास्थ्य बिग्रँदै गएपछि उनले निर्धारित मितिभन्दा एक दिन अगाडि नै दुवैको विवाह गर्न आग्रह गरिन्। त्यसपछि यो विवाह आईसीयुमा गरिएको थियो। यस विवाहका लागि निजी अस्पतालको अनुमतिपछि दुलहा र दुलहीका आफन्तहरु आईसीयुमा पुगेका थिए। आईसीयु बेडमा मेडिकल उपकरण लिएर आमा छोरी र ज्वाइँलाई हेरिरहिन्। सो अवसरमा पण्डितले दुवैलाई दाम्पत्य जीवनको शपथ ग्रहण गराएपछि दुवैले एकअर्कालाई माला लगाएका थिए।

दु:खको कुरा त बिहे भएको दुई घण्टा नबित्दै केटीकी आमाको निधन भयो। केटीकी आमाको मृत्युपछि सबैका आँखा रसायो। विवाह भएको दुई घण्टामै आमा गुमाएकी चाँदनी कुमारीले आमा पुनमकुमारी वर्मा मगध मेडिकल कलेज तथा अस्पतालमा एएनएमका रुपमा कार्यरत र कोरोना अवधिदेखि लगातार बिरामी रहेको बताइन्। केटीकी आमा पनि मुटुको रोगबाट पीडित थिइन्। आमाको अवस्था गम्भीर बन्दै गयो र डाक्टरले ज्यान जोगाउन मुस्किल पर्न थालेपछि आमाको इच्छा पूरा गर्न अस्पतालमै विवाहको व्यवस्था गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement