आगामी २२ जनवरीमा नेसापको चुनाउ हुने

गान्तोक: नेपाली साहित्य परिषद्(नेसाप), सिक्किमको गत केही दिन अघि वार्षिक सभा सम्पन्न भयो। उक्त सभामा निर्णय लिए बमोजिम निवर्तमान कार्यकारिणी समितिको कार्यकाल पूरा भएको हुँदा आगामी २२ जनवरी, २०२३ को दिन नयाँ कार्यकारिणी समितिको चुनाउका लागि मतदान हुने छ।

वार्षिक सभाले मुख्य चुनाउ आयुक्त नियुक्त गरिएका डा. पारसमणि दङ्गालले विमल काफ्ले अनि विष्णु न्यौपानेलाई मनोनय गरेको छ। चुनाउ आयुक्तको आज बसेको सभाले चुनाउ कार्यक्रम निम्नप्रकारले तय गरेको छ,जसमा मतदाता सूची सार्वजनिक ६ जनवरीको दिन गरिने भएको छ भने चुनाउ अधिसूचना जारी ९ जनवरी, मनोनयन पत्र भर्ने मिति ९ जनवरीदेखि १४ जनवरीसम्म रहेको छ। यसरी नै मनोनयन पत्रको जाँच १६ जनवरीको हुनेछ भने मनोनयन पत्र फिर्तालिने अन्तिम मिति १७ जनवरी रहेको छ। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन १७ जनवरीको दिन गरिने छ। यस चुनाउको निम्ति मतगणना २२ जनवरीको दिन र चुनाउ परिणामको अन्तिम घोषणा पनि सोही दिन हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement