नवौं रिम्पोछेलाई चानमारी गुम्बामा आसन ग्रहण गराइयो

IMG-20221226-WA0391.jpg

गान्तोक: रिम्पोछे जिग्मी राङद्रेलको नवौं अवतारकोरूपमा चिन्हित गरिएका नामदाक जुगद्रेल छोयिङलाई आज नवौं रिम्पोछेकोरूपमा आसन ग्रहण गराइयो। चानमारीको काग्यदुत गुम्बामा आज उनलाई दार्जीलिङ डाली गुम्बाका रिम्पोछे थुप्छेले आसन ग्रहण गराए। उल्लेखनीय छ, उनलाई गत २४ दिसम्बरको दिन भव्यरूपमा स्वागत जनाउँदै सिक्किम ल्याइएको थियो भने आज उनलाई आसन ग्रहण गराइयो। पत्रकारहरूसँग कुराकानी गर्दै उक्त गुम्बाका लामा छिरिङ नर्बुले नवौं रिम्पोछेलाई केही दिनसम्म यसै गुम्बामा राखिने र त्यसपछि उनले राज्यका अन्य गुम्बाहरूको दर्शन गर्ने योजना रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement