राज्यपालले वीर राजकुमारहरूलाई श्रद्धाञ्जली अर्पित गरे

22-17-03-bal_266_H@@IGHT_0_W@@IDTH_600.jpg

गान्तोक: आज प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा ‘वीर बाल दिवस को ऐतिहासिक कार्यक्रम दिल्लीको मेजर ध्यानचन्द स्टेडियममा आयोजन गरियो। ९ जनवरी, २०२२ मा श्री गुरु गोविन्द सिंह जीको प्रकाश पर्वको दिन प्रधानमन्त्रीले २६ दिसम्बरलाई श्री गुरु गोविन्द सिंह जीका चार राजकुमारको बलिदानलाई ‘वीर बाल दिवस’ को रूपमा मनाउने घोषणा गरेका थिए ।यस अवसरमा प्रधानमन्त्री मोदीले वीर राजकुमारहरूलाई श्रद्धाञ्जली अर्पित गर्दै २६ दिसम्बरको दिनलाई ‘वीर बाल दिवस’ को रूपमा घोषणा गरे। यस महत्वपूर्ण अवसरमा बाबा जोरावर सिंहजी र बाबा फतेह सिंह जीको धर्मको रक्षाको निम्ति सर्वोच्च बलिदानलाई स्मरण गर्दै सारा देशले श्रद्धापूर्वक ‘वीर बाल दिवस मनाइरहेको छ। दिल्लीमा लगभग तीन हजार नानीहरूले मार्च पास्ट गरेका थिए। सिक्किमका राज्यपाल गंगा प्रसादले वीर राजकुमारहरूलाई श्रद्धाञ्जली अर्पित गर्दै भने, ‘राष्ट्र, धर्म र मानवताको रक्षा गर्दै प्राणको आहुति दिने गुरु गोविन्द सिंह जीका राजकुमारहरू र माता गुजरी जीको सर्वोच्च बलिदानप्रति समर्पित ‘वीर बाल दिवस’ मा उहाँहरूलाई शत-शत नमन। वीरतापूर्वक धर्मको रक्षा गर्न उनीहरूका धैर्य र शौर्यको गाथा ‘वीर बाल दिवस’ ले हामीलाई सदैव प्रोत्साहित गरिरहने छ।’

About Author

Advertisement