निर्वाचित जनप्रतिनिधि किनबेचको आरोपमा विरोध गर्दै हाम्रो पार्टीको महिनाव्यापी कार्यक्रम शुरू

IMG-20221226-WA0332.jpg

हाम्रो कार्यक्रम गणतान्त्रिक रूपमा हुनेछ: अजय एडवार्डस

दार्जीलिङ: निर्वाचित जनप्रतिनिधि किनबेचको विरोधमा अजय एडवार्डले महिनाव्यापी कार्यक्रम शुरु गरेका छन्। दार्जीलिङ शहरको क्यापिटल हलमा गोर्खा स्वभिमान संघर्षले निर्वाचित जनप्रतिनिधि किनबेचको आरोपमा विरोध गर्दै एक कार्यक्रमको आयोजना गरेको छ। आजदेखि शुरू भएको कार्यक्रममा हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्ड, गोजमुमो केन्द्रीय उपाध्यक्ष आरपी वाइबा, प्रवक्ता किशोर भारती, नोमन राई लगायत अन्य केन्द्रीय नेतृत्वहरू लगायत पहाडको अन्य राजनैतिक दलहरूको नेतृत्वहरूले अंश ग्रहण गरेका थिए। आयोजित कार्यक्रमको शुभारम्भमा राष्ट्रपिता महात्मा गाँधीको तस्वीर अघि अजय एडवार्ड, आरपी वाइबा, नोमन राई आदिको बाहुलीद्वारा दीप प्रज्वलन एंव खदा अर्पण गरिएको थियो। यसै क्रममा पत्रकारहरूसित कुराकानी गर्दै अजय एडवार्डले आजदेखि शुरू भएको विरोध कार्यक्रम दार्जीलिङ नगरपालिकालाई लिएर गरेको कदापी होइन। दार्जीलिङ नगरपालिकाको फ्लो टेस्टको विरोधमा हामीले कोलकता हाई कोर्टको होली डे बेञ्चमा याचिका दायर गरेका थियौं जसको सुनाई आज भयो अनि न्यायलयले हाम्रो याचिकालाई खारेज गरिदिएको छ तर हामीले सुप्रिम कोर्टको उकीलहरूलाई आज नै कोलकतामा निम्ताएका छौं अनि हाम्रो अधिवक्ताहरूले सुप्रिम कोर्टको अधिवक्ताहरूसँग सुझाव लिएर सुप्रिम कोर्टमा याचिका दर्ता गर्नु पर्ने हो अथवा कोलकता हाई कोर्टमा नै याचिका दर्ता गर्नु पर्ने त्यो निर्णय लिनेछ भनी बताएका छन्। विपक्षीको साथीहरू दार्जीलिङ नगरपालिका कब्जा गर्न तयार छन्।

उनले भने, दार्जीलिङ नगरपालिका कब्जा गरेर गैर कानुनी कामहरू गर्न उनीहरू आतूर छन्। पहाडको तीनवटा नगरपालिकाहरू लगायत पञ्चायत चुनाव हुने भएको छ। यी चुनावहरूमा दार्जीलिङ पहाडलाई माया गर्ने,पहाडको भलो चिताउने राजनैतिक दलहरू एक भएर चुनावी मैदानमा ओर्लिने छौं तर निर्वाचित भएका जनप्रतिनिधिहरूलाई रूपियाँ पैसाको प्रलोभन देखाएर फेरि फेरि किनबेच गर्न नसकोस् भन्ने उद्देश्यले हामीले महिनाव्यापी कार्यक्रमको आयोजना गरेको हो।हाम्रो कार्यक्रम गणतान्त्रिक रूपमा हुनेछ। हाम्रो एकैजना कार्यकर्ता एंव समर्थकले पनि अगणतान्त्रिक कार्यहरू गर्ने छैन।’ तिनले अघि भने, आफुलाई पुलिस प्रशासनदेखि लिएर विभागीय अधिकारीहरूको पक्षबाट बारम्बार फोनहरू गर्दै आईरहेको छ तर आफु आफ्नो वचनमा अडिग रहेको र हाम्रो महिनाव्यापी कार्यक्रम रोकिने छैन अनि हामीले यस क्यापिटल हलको निम्ति दार्जीलिङ नगरपालिकालाई एक महिनाको किराय ६० हजार रूपियाँ पनि दिईसकेका छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement