बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको दोस्रो दिन चुनभट्टी र कोबरा तीनधारे बिजय

IMG_20221226_194223.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नव ज्योति संघ चुनभट्टीको आयोजनामा भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज सोमबार भएको दुईवटा खेलमा १७ माइल तीनधारे र कोबरा तीनधारे बिजय बनेका छन्। आज भएको पहिलो खेल चुनभट्टी क्रिकेट टिम र १७ माइलमाझ सम्पन्न भएको थियो। यस खेलमा चुनभट्टीले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १०२ रन बनाएको थियो। तर १७ माइलले दोस्रो ईनिंग्समा ब्याटिङ गर्दै केवल १० ओभरमा नै १०३ रन बनाएर सजिलै लक्ष्य प्राप्त गरी खेल जित्न सफल भएको छ। त्यसरी नै दोस्रो खेल सिलिम हिल र कोबरा तीनधारेमाझ सम्पन्न भएको थियो। यस खेलमा सिलिम हिलले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा केवल ८२ रन बनाउन सक्षम बनेको थियो। जवाबमा कोबरा तीनधारेले केवल ९ ओभरमा नै लक्ष्यलाई हाँसिल गरी ७ विकेटले खेल सजिलै जितेका थिए। आजको खेलमा अतिथिको रुपमा तीनधारे पुलिस आउट पोष्टको ओसी मानव रोय अनि चुनभट्टीको स्वयंसेवक दिपक थापा उपस्थित थिए भने आयोजक समितिको पक्षबाट संयोजक रञ्जित थापाले जानकारी गराएका छन्। उनले जानकारी दिए अनुसार अब आगामी बुधबार हुने क्रिकेट टुर्नामेन्टमा पहिलो खेल मित्र संघ गोलाई पाखा, तीनधारे र प्रगति संघ मिठाई डाँड़ामाझ अनि दोस्रो खेल नवज्योति संघ चुनभट्टी र गैरी गाउँ तीनधारेमाझ खेल हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement