मिरिक: मिरिकको सौरेनीबाट हाम्रो पार्टीको २१ घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। विगत जीटीए चुनावमा मिरिकको सौरेनी समष्टिबाट हाम्रो पार्टीको उम्मेद्वार पुरण राईसहित २१ परिवारहरू भागोप्रमोमा सामेल भएको जानकारी प्राप्त भएको छ। सामेल हुनेहरूलाई जीटीएको कार्यकारी सभासद एंव सौरेनी समष्टिका सभासद अरूण सिंग्ची, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, मिरिक महकुमा समितिका सभापति समीर राई र केन्द्रीय सदस्य फुबी राईको बाहुलीबाट पार्टीको झण्डाहरू प्रदान गरी पार्टीमा स्वागत गरिएको छ। उक्त समर्थन कार्यक्रम मिरिकको सौरेनीस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त समर्थन कार्यक्रममा क्षेत्रीय सभासद अरूण सिंग्ची, भागोप्रमो केन्द्रीय सदस्य फुबी राई, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, मिरिक महकुमा समितिका अध्यक्ष समीर राई र भागोप्रमोमा सामेल भएका हाम्रो पार्टीको पुरण राई आदिले वक्तव्य राखेका थिए। यस समर्थन कार्यक्रममा भागोप्रमो केन्द्रीय सदस्यहरू फुबी राई, हेमन्त तामाङ, सन्दीप थापा, मिरिक महकुमा समितिका अध्यक्ष समीर राई, मिरिक महकुमाको पीआरओ विवेक तामाङ लगायत
खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान लगायत उपाध्यक्ष प्रेम प्रधान, सह सचिव एमबी घले, सांगठनिक सचिव गुञ्जन शर्मा, मोहन राई, पुरण मुखिया, कोषाध्यक्ष सञ्जय प्रधान, प्रचार प्रसार सचिव दिपेन्द्र सेवा आदि पनि उपस्थित रहेका थिए।