नक्कली राहदानी बनाउन बंगलादेशी नागरिकलाई सहयोग गरेको आरोपमा एकजना पक्राउ

IMG-20221226-WA0238.jpg

सिलगढी: पासपोर्ट बनाउँदै गर्दा एक बंगलादेशी युवक पक्राउ परेका छन्। सोही घटनामा अर्का एकजनालाई खोरीबारी प्रहरी चौकीले पक्राउ गरेको छ। दिसम्बर २४ मा, खोरीबारी पुलिस, सिलगढी महाकुमाको गुप्तचर कार्यालयमा पासपोर्ट प्रमाणीकरणको क्रममा एक बंगलादेशी युवालाई शंकाको आधारमा पक्राउ गरिएको थियो। पक्राउ परेकालाई हिरासतमा राखेर सोधपुछ गरेपछि तिनको सुचनामा आइतबार निर्मल महन्त नामका अर्का व्यक्तिलाई पक्राउ गरिएको थियो। पक्राउ परेका व्यक्तिले बंगलादेशी युवालाई कागजपत्र किर्तेमा सहयोग गरेको आरोप छ। प्रहरीले आरोपीलाई सोमबार सिलगढी डिभिजनल अदालतमा पठाएको छ। यस विषयमा अनुसन्धान भइरहेको छ। यसै क्रममा प्रहरीले २४ दिसम्बरमा पक्राउ परेका बंगलादेशी चन्दन कुमारसँग पनि सोधपुछ गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement