सिलगढी: नक्कली चिट्ठा तस्करी गर्दागर्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। तिनको साथबाट १० लाख रुपियाँको नक्कली लटरी टिकट बरामद भएको छ। पक्राउ पर्नेको नाम डंगुजोट खोरीबारी निवासी २० वर्षीय प्रेमकुमार शाह रहेको छ। सूचनाको आधारमा प्रहरीले खोरीबारीबाट सिलगढी जाँदै गरेको चार पाङ्ग्रे गाडीलाई नियन्त्रणमा लिएको छ। उक्त गाडीबाट ठूलो परिमाणमा नक्कली लटरी टिकट बरामद भएको छ। १० लाखको नक्कली लटरी टिकटसहित कारका चालक पक्राउ परेका छन्। आरोपीलाई आज सिलगढी सब डिभिजन अदालतमा पठाइएको छ।